मधेश सरकारले भूकम्प पीडितलाई ६० लाख बराबरको राहत सामग्री पठाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेश सरकारले भूकम्प पीडितलाई ६० लाख बराबरको राहत सामग्री पठाउने


२१ कार्तिक २०८०, मंगलबार


जनकपुरधाम । मधेश सरकारले भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।

मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।

सोमबार बसेको समितिको बैठकबाट जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने निर्णय भएको गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

समितिले दाल, चामल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछ । सो सामग्री गृह मन्त्रालय मार्फत पठाइने मन्त्री समिमको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस