महसुल नतिरेपछि प्राधिकरणले काट्यो भौतिक पूर्वाधार मन्त्रालयको बिजुली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महसुल नतिरेपछि प्राधिकरणले काट्यो भौतिक पूर्वाधार मन्त्रालयको बिजुली


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ। विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ ।

६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रुपैयाँ बक्यौता तिर्न छ ।

प्राधिकरणले सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ ।

यता दुई लाइन जडान गरिएका कारण बिजुली काटिए पनि मन्त्रालयमा कहीँ समस्या नभएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले मन्त्री क्वार्टर, सचिव क्वार्टर र मन्त्रालयको महसुल तिर्ने गर्छ ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल सङ्कलन गर्ने कामलाई तीव्र पारेको छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १ सय ७ ग्राहकको लाइन शनिबार काटेको थियो । १ सय ७ ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले पाँच लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुनः जोडिएको प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस