अन्य पार्टीका १० हजार कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अन्य पार्टीका १० हजार कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको दाबी


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जम्बो टोलीसहित चीन भ्रमणमा निस्कनुअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । नेपाल चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा त्यसतर्फ जाँदैछन् ।

सचिवालय बैठकमा मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा र आगामी महाधिवेशनको तयारीका बारेमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

नेकपा एसले जागरण अभियानका क्रममा ५० हजार जनतासँग प्रत्यक्ष सम्पर्क भएको र १० हजार जना विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ

बैठकमा कर्णाली भूकम्पको उद्धार तथा राहतका विषयमा पनि छलफलको एजेन्डा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस