घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग


२० कार्तिक २०८०, सोमबार


घोराही (दाङ) । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

पाँच लाख सहयोग

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए। प्रदेशसभामा एमालेका २७ सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस