गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित क्षेत्रमा ठूलो संख्या मानवीय क्षति, भौतिक क्षति तथा सयौँ संख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उनले भने, ‘विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस