समाजवादी पार्टीले भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समाजवादी पार्टीले भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने भएको छ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको तर्फबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै समाजवादी पार्टीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल सहितको टिम गठन गर्ने निर्णय गरेको छ।

आर्थिक विभाग प्रमुख रिजालको नेतृत्वमा आवश्यक सामग्रीसहित चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरिएको पार्टीले जनाएको छ। साथै खाद्यान्नलगायत राहत सामग्री सङ्कलन अभियान चलाउने पार्टीले निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस