काठमाडौँ । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार कार्य जारी छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १ सय ८ जना घाइते भएका छन् । उद्धारका लागि जाजरकोट र रुकुमका सुरक्षा निकाय परिचालन गरिएको छ ।
सुर्खेतबाट थप ५६ जनाको थप प्रहरी टोली पठाएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुममा गरेर ७३ जनाको मृत्यु भएको छ । जसमध्ये ४४ जना जाजरकोटका रहेका छन् भने बाँकी रुकुमका छन् ।