१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र युएनएफपिएले यहाँका १० पालिकाहरूमा सो कार्यक्रम सुरु गरेको हो ।

चार वर्षे यो परियोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका तथा रुकुम पश्चिमको ठूलीभेरी र सानीभेरी गाउँपालिकामा सुरु भएको हो ।

सुर्खेतमा आज आयोजित कार्यक्रममा युएन वुमनका कार्यक्रम अधिकृत सन्तोष आचार्यले यो कार्यक्रम कर्णालीका १०, सुदूरपश्चिम प्रदेशका १० र मधेस प्रदेशका १२ गरी ३२ पालिकामा लागू गरिएको जानकारी दिए। हाललाई नमूना कामका लागि कर्णालीका १० वटा पालिकालाई छनोट गरिएको र यसको प्रभावकारितापछि अन्य पालिकाहरूमा थप विस्तार गरिने लक्ष्य राखिएको छ ।

यी सबैका लागि करिब रु दुई अर्बको बजेट रहेको छ । विशेषगरी महिला र बालबालिकालाई आयआर्जनलगायतमा सशक्त बनाएर समृद्ध नेपाल बनाउने लक्ष्यका लागि यो परियोजना सञ्चालन गरिएको उनले बताए । राजनीतिमा महिलाको उपस्थिति घट्दै गएको, ज्यालामा महिलाले कम पारिश्रमिक पाउने, सामाजिक रूपमा महिलामाथि विभेद हुने जस्ता लैङ्गिक विभेद न्यूनीकरण यो परियोजनामार्फत हुनेछ ।

लैङ्गिक समानता, सामाजिक मूल्य र मान्यताको रूपान्तरण, आर्थिक श्रम अधिकार, सामाजिक सुधार र नीतिगत व्यवस्थालाई यो परियोजनाले प्राथमिकता दिएको कार्यक्रम अधिकृत आचार्यले बताए । उनले पालिका छनोट, काम गर्ने प्रक्रियाका बारेमा अवगत गराएका थिए। प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले परियोजनाले कर्णालीका १० पालिकाका महिलालाई आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको जानकारी दिनुभयो । उनले लक्ष्यअनुसार कार्यक्रम हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले महिला र बालबालिकाको क्षेत्रमा यो परियोजना उपयोगी हुने बताए । उनले परियोजना सफलताका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गरिराख्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा कार्यक्रम लागू भएका पालिकाका जनप्रतिनिधिले कार्यक्रमको उपादेयताको बारेमा सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस