एमालेजस्तो शुद्ध पार्टी कुनै छैन : महेश बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेजस्तो शुद्ध पार्टी कुनै छैन : महेश बस्नेत


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेजस्तो शुद्ध पार्टी कुनै नभएको दाबी गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धनले एमाले नेताहरूलाई जेल हाल्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताए ।

उनले भने, ‘यती काण्ड, ओम्नी काण्ड, ७० करोड काण्ड, गिरिबन्धु काण्ड हाम्रो अध्यक्षले चुनौतीका साथ भन्नुभएको छ यी सबै काण्डको छानबिन गर, नेकपा एमाले तुलनात्मक रूपमा सबैभन्दा शुद्ध पार्टी हो, बेस्ट पार्टी हो ।

गठबन्धन एमालेका नेताहरूलाई जेल हाल्नको लागि परिकल्पनाका साथ लागेको छ, कसैलाई पनि केही गर्न सक्ने हिम्मत छैन ।’

विपक्षीहरूले केही नपाएर कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको उनले आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस