न्याय क्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

न्याय क्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन (कास्गर)-मध्य एसिया र दक्षिण एसिया कानूनी मञ्च’मा सहभागी भई प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ । 

बेइजिङमा उत्रिएलगत्तै प्रधान न्यायाधीश श्रेष्ठले प्रधान न्यायाधीश तथा जनवादी गणतन्त्र चीनको सर्वोच्च जन अदालतका अध्यक्ष झाङ जुनसँग भेटवार्ता गरेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 

त्यस अवसरमा दुवै देशका प्रधान न्यायाधीबीच न्याय सेवाका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षले न्यायपालिकाका क्षेत्रमा सहयोग र सहकार्यलाई प्रवर्द्धन गरी आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहमति जनाएका थिए ।

प्रधान न्यायाधीश श्रेष्ठले न्याय सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश नेतृत्वको प्रतिनिधिमण्डल भोलि शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस