२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबीच सहकार्य आवश्यक :मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै दलहरुबीचको सहकार्यले मात्रै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्ने बताएकी छन् । दाङको घोराही उपमहानगरपालिका-११ जीतपुरस्थित सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबीच सहकार्य हुने दाबी गरिन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औँल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

सरकारले सत्य निरूपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको बताइन् । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन सम्पूर्ण दलहरू एकमत हुनेमा आफू विश्वस्त समेत बताइन् ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन् । उनले सरकारले पहिलो पटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने तयारी गरेको बताइन् ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरूको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस