टी-२० विश्वकप छनोट : नेपाललाई तेस्रो सफलता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

टी-२० विश्वकप छनोट : नेपाललाई तेस्रो सफलता


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

गुल्सन झाले तेस्रो विकेटका रुपमा प्रतिक अथवालेलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका हुन् । झाले यो ओभरमा १२ रन दिएर विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र करनले केसीले १-१ विकेट लिएका छन् ।

नेपालले २ वटा क्याच मिस गरेको छ । कप्तान रोहित पौडेल र प्रतिश जिसीले ओमानका खेलाडीलाई जीवनदान दिएका हुन् ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस