संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


१६ कार्तिक २०८०, बिहिबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने, शीर्ष नेताहरुले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराइने छ ।

साथै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस