२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत : मन्त्री ज्वाला

अ+ अ-

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आर्थिक समृद्धि हासिल गर्न सरकारले भरमग्दुर प्रयत्न गरिरहेको बताएका छन् ।  

उनले यातायात क्षेत्रको कनेक्टिभिटीले जनताको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने धारणा राखेका हुन् । नेपाल जेएसपीएस एल्मुनाई एसोसिएसन (एनजेएए)ले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा यातायात सञ्जाल विस्तार, अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्तव्य राख्दै मन्त्री ज्वालाले सम्पूर्ण विकासमा सहयोग पुर्‍याउनुका साथै महत्त्वपूर्ण आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको बताए । 

“ट्रान्सपोर्ट कनेक्टिभिटी’ले जनताको आर्थिक समृद्धिमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ, आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको छ । सडक सञ्जालको पर्याप्तता, पूर्वाधारको विकासका साथै मर्मतसम्भार र कार्यकुशलतासँग यी कुरा जोडिएका छन् । वर्तमान समयमा यी कुरा महत्त्वपूर्ण सरोकार र चासोको विषय हो ।” मन्त्री ज्वालाले भने ।  

उनले जापान सरकार र जाइका नेपालको यातायात क्षेत्रको विकासको ठूलो र महत्त्वपूर्ण साझेदार भएको बताउँदै विज्ञान प्रविधि र ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’मा जापानको सफलताबाट सिकेर राम्रो सेवा प्रदान गर्न क्रियाशील रहने बताए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले यातायात क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ चुनौतीपूर्ण रहेको बताए । उनले अग्लाअग्ला पहाड, धेरै खोला भएको देशमा लागत व्यवस्थापन गरेर दीर्घकालीन रूपमा टिकाउ हुने गरी सडक पूर्वाधारको निर्माण, त्यसको व्यवस्थापन र मर्मतसम्भारका साथै आवश्यकताअनुसार पुलको निर्माण गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको धारणा राखेका हुन् ।   

मन्त्रालयका सचिव केशव शर्माले नेपालको यातायात क्षेत्रको विकासका साथै यहाँका जनतालाई सडक सञ्जालको पहुँचमा पुर्‍याउन जापान सरकार र जाइकाले महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले रेल्वेको क्षेत्रमा जापानबाट धेरै सिक्न सकिने बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ मा जापान एसियाकै उत्कृष्ट रहेको धारणा राखेका छन् ।  

नेपालका लागि जापानी राजदूत किकुता युताकाले दिगो विकास लक्ष्य २०३० अनुसार ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’, विज्ञान तथा प्रविधिका क्षेत्रमा जापानले नेपाललाई आवश्यकताअनुसार सहयोग, समन्वय र सहकार्य गर्ने बताए । यातायात र कनेक्टिभिटी विकासका लागि सधैँ महत्त्वपूर्ण हुने उनले बताए । राजदूत युताकाले यसका लागि जापानी सरकार, नागरिक नेपालसँग अनुभव आदानप्रदान गर्न र विज्ञान तथा प्रविधिका क्षेत्रमा नयाँ नयाँ प्रविधिको हस्तान्तरण गर्न सधैँ हातेमालो गर्ने बताए ।