काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरूमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन्।
बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले विभिन्न चाडपर्वहरूको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरू बीच सद्भाव बढाउन मद्दत पर्याउने जिकिर गरे।
उनले सबै राजनीतिक दलहरूको राष्ट्रिय हितमा छलफल हुने फोरमहरू बन्नुपर्ने आवश्यकता रहेको बताए।
‘चियापान जस्ता समारोहले सद्भाव बढाउन मद्दत गर्छ। अब चियापनहरू पार्टीगत फोरमहरूमा मात्रै सीमित हुनु हुँदैन। सबै राजनीतिक दलहरूको राष्ट्रिय हितमा छलफल हुने फोरमहरू बन्नुपर्ने आवश्यकता छ। सबै पार्टीका साझा मुद्दाहरू एउटै हुन्। विकल्प र हामीले पनि देशको समृद्धि चाहेका हौँ। उहाँले राजेको बाटो र हामीले रोजेको बाटो फरक भए पनि मुलुकको समृद्धि भन्दा फरक कुनै पनि पार्टीले सोचेको छैनन्।’
उनले सबै पार्टीका साझा मुद्धाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए।