टी-२० विश्वकपमा छनोट भए नोबेलले नेपाली क्रिकेट टोलीलाई १५ लाख रुपैयाँ दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टी-२० विश्वकपमा छनोट भए नोबेलले नेपाली क्रिकेट टोलीलाई १५ लाख रुपैयाँ दिने


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोली छनोट भए विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले टोलीलाई १५ लाख रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने भएको छ।

अस्पतालका निर्देशक दिपेश राईका अनुसार हाल सेमिफाइनलमा प्रवेश गरेको टोलीलाई फाइनलमा प्रवेश गरेसँगै ५ लाख र उपाधि जिते १५ लाख गरी कुल २० लाख रुपैयाँ अस्पतालले प्रोत्साहन रूपमा उपलब्ध गराउने छ।

अस्पतालले यसबारे आधिकारिक रूपमा नेपाल क्रिकेट सङ्घ (क्यान)लाई जानकारीसमेत गराएको उनको भनाइ छ।

गतवर्ष असारमा अस्पतालले कोशी प्रदेश खेलकुद विकास बोर्डसँग अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई निःशुल्क उपचार गराउने सम्झौता गरेको थियो। सो सम्झौताअनुसार पाँच वर्षसम्म खेलाडीहरूले निःशुल्क उपचार सेवा पाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस