पुराना ऐनहरू समय सापेक्षित रूपमा सच्याउनुपर्ने छ : सुदन किराती « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुराना ऐनहरू समय सापेक्षित रूपमा सच्याउनुपर्ने छ : सुदन किराती


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा बुधबार आयोजित नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए।

‘हाम्रा ऐनहरू पुराना छन्। ऐनहरू समय सापेक्षित रूपमा सच्चाउनुपर्नेछ’ मन्त्री किरातीले भने,‘आजै जोगमुनिबाट फोन आएको थियो। विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा रू. २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ। तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उनीहरूले गुनासो गरे।’ विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकारात्मक सन्देश गएको उनको भनाइ थियो।

मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकारात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस