२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

अ+ अ-

जनकपुरधाम । धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।

मङ्गलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक डा. राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन अवधिमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्वमाथि चर्चा, विज्ञको संगोष्ठी, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान, शिक्षालगायत विषयबारे प्रस्तुतीकरण, आयुर्वेदका १४ विधामाथि विमर्श, अन्तर्राष्ट्रिय युवा समिट, व्यापार, वाणिज्य, लगानी र विश्व बजारमा नेपालको उत्पादनको पहुँचजस्ता विषयमा विचार मन्थन हुनेछ । 

पत्रकार सम्मेलनमा जानकी मन्दिरका सह-महन्थ रोशन दासले प्राचीनकालदेखि नै आयुर्वेद चिकित्साका क्षेत्रमा ख्यातिप्राप्त मिथिला क्षेत्र र सिङ्गो नेपालको महिमामाथि प्रकाश पार्नुका साथै नेपालको जडीबुटी, सम्पदा, वन्यजन्तु तथा खनिजको उपयोग गरी मानव कल्याणबारे विश्वव्यापीरुपमा चेतना प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । 

उनले आयुर्वेद चिकित्साको विकासले मानव स्वास्थ्यका साथै यहाँको धार्मिक, पर्यटकीय तथा आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सम्मेलनको प्रमुख आयोजकमा बह्मभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, बह्मभूमि आयुर्विज्ञान अनुसन्धान संस्थान सर्लाही रहेका छन् । 

प्रतिक्रिया दिनुहोस