शासक वर्गका र बाह्य शक्तिकाकारण नेपाल विकसित हुन सकेन : ओली « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

शासक वर्गका र बाह्य शक्तिकाकारण नेपाल विकसित हुन सकेन : ओली


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन्।

मंगलबार काठमाडौँका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताएका हुन् ।

नेपालीहरू लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको उनको भनाइ थियो। विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनले बताए।

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको जिकिर गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस