विश्वकप क्रिकेट : आज पाकिस्तान र बङ्गलादेश खेल्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : आज पाकिस्तान र बङ्गलादेश खेल्दै


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्गलादेश खेल्दै छन् । खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ।

६ वटा खेल खेलेकोमा दुई वटामा मात्रै विजयी भएको पाकिस्तानको चार अङ्कमात्रै रहेको छ । तालिकामा पाकिस्तान सातौँ स्थानमा छ ।

यस्तै, एक खेलमा मात्रै जित निकालेको बङ्गलादेश तालिकाको नवौँ स्थानमा छ ।

आयोजक भारत ६ वटै खेल जितेर १२ अङ्ककासाथ तालिकाको पहिलो स्थानमा रहेको छ । ६ खेलमा पाँच वटामा जित र एउटामा हार बेहोरेको दक्षिण अफ्रिका १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

आजको खेलसहित पाकिस्तान र बङ्गलादेशले तीन खेल खेल्न बाँकी रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस