गुल्मीमा जंगली च्याउ खाँदा तीन जना बिरामी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुल्मीमा जंगली च्याउ खाँदा तीन जना बिरामी


१४ कार्तिक २०८०, मंगलबार


जङ्गली च्याउ खाँदा बर्दघाटका दुई जनाको मृत्यु

गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल  र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरू तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । उनीहरू घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता  श्रीमान् वृषबहादुरले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस