निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र हेरफेर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र हेरफेर


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । शिक्षक सेवा आयोगले यही कात्तिक १८ गते बाट हुने भनिएको बागमती प्रदेश काठमाडौँ जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ।

आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौँ जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ।

आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौँको सिफारिस र आयोगको आयोगको आइतबारको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ। आयोगको अनुसार जनप्रभात मावि कालिमाटी ‘क’ केन्द्रको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ‘क’ केन्द्रमा, जनप्रभात मावि कालिमाटी ख केन्द्रको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ख केन्द्रमा परीक्षा केन्द्र सारिएको छ।

त्यस्तैगरी नन्दी मावि नक्साल, काठमाडौँको धुम्रवराही मावि धुम्रवराही काठमाडौँमा, रत्नराज्य मावि बानेश्वर क केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार क केन्द्रमा, रत्नराज्य मावि बानेश्वर ‘ख’ केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार ख केन्द्रमा, शान्तिविद्या गृह मावि लैनचौर क केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ‘क’ केन्द्रमा र शान्तिविद्या गृह मावि लैनचौर ख केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ‘ख’ केन्द्रमा सारिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस