अछाम जिप्रकामा सेवाग्राहीको भीड « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अछाम जिप्रकामा सेवाग्राहीको भीड


१३ कार्तिक २०८०, सोमबार


अछाम। हिन्दुहरूको महानचाड दसैँ सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्रशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो ।
बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ ।

लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडौँलगायत विभिन्न ठाउँमा अध्ययनका लागि गएका विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

दसैँ र तिहार अघि सेवा लिनेको सङ्ख्याभन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ थियो । सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम भएको छ । सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पुर्‍याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । उक्त कार्यालयमा अहिले २२ कर्मचारीको दरबन्दी रहेको छ ।

दरबन्दीअनुसार एक जना सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि सहायक प्रमुख जिल्ला अधिकारीको अभाव विगत वर्षदेखी नै हुँदै आएको छ ।

दुई प्रशासकीय अधिकृतको दरबन्दीमा एक प्रशासकीय अधिकृत,पाँच नायब सुब्बाको दरबन्दीमा एक नायब सुब्बा, तीन खरिदारको दरबन्दीमा दुई जना र दुई कम्प्युटर अपरेटरको दरबन्दीमा करारका कर्मचारी काम गरिरहेका छन् । यसअघि असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई यहाँ सरुवा गरे पनि उनीहरूको उपस्थिति भएको थिएन ।

कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ । नागरिकता लिनकै लागि जिल्लावासी दुई दिन लगाएर मङ्गलसेन आउने गरेका छन् । जिल्लामा एक मात्र इलाका प्रशासन कार्यालय रहेको विनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस