टी-२० विश्वकप छनौट : आज नेपाल र सिंगापुर भिड्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप छनौट : आज नेपाल र सिंगापुर भिड्दै


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट आजदेखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र कीर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा आज नेपालले सिंगापुरसँग खेल्दैछ।

खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा परिवर्तन गर्ने सम्भावना रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा छन् । सन्दीप टोलीमा फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने हुन्छ ।

यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् । समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।

नेपालको सम्भावित प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस