पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित 


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्धि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिए । दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनले बताए । दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।

विशेषगरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटेल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।

कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस