लागु औषधसहित एक जना पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लागु औषधसहित एक जना पक्राउ


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । प्रहरीले वीरगन्जबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–६ का रबिन्द्र केसी छन्।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर स्थित वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई चेकजाँच गर्दा केसीलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेको अवस्थामा फेनारगन– ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका उनलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस