सामान्यतया देशको मौसम आज सफा रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।
पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
बेलुका देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
विभागका अनुसार नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।