पिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक


१० कार्तिक २०८०, शुक्रबार


बैतडी । बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि  सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल)  को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । 

सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ । चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् । 

प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । प्रथम हुने टिमले रु. एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

द्वितीय हुने टिमले रु. ५५ हजार पाँच सय ५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

म्यान आफ द सिरिज अन्तर्गत २२ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र, वेस्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस