२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा विद्युत् सेवा अवरुद्ध

अ+ अ-

सिमकोट ।  बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । 

विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमिकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत् गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । 

मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताउनुभयो ।

यही कात्तिक ९ देखि २२ गतेसम्म पुनः निर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए । 

हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनु अगावै मर्मत गरिएको हो । 

विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिए लगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । 

यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस