काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो ।
ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।
श्रीलङ्काका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २-२ विकेट लिए ।
श्रीलङ्काले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
इंग्ल्याण्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एक-एक खेल जितेका छन् । समान दुई अङ्कका साथ श्रीलङ्का तालिकाको सातौँ र इंग्ल्याण्ड आठौँ स्थानमा छ ।