गोठमा लुकाएको भरुवा बन्दुकसहित एकजना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोठमा लुकाएको भरुवा बन्दुकसहित एकजना पक्राउ


८ कार्तिक २०८०, बुधबार


कैलाली । धनगढी उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामशरण रानालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोठभित्र लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक र गोलीको छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस