विश्वकप क्रिकेट : टस जितेर नेदरल्यान्ड्सबीरुद्ध पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : टस जितेर नेदरल्यान्ड्सबीरुद्ध पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल फिरोज शाह कोटला मैदानमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच भई रहेको छ । 

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै आफ्नो अङ्क तालिकामा स्थान सुधार्न चाहन्छ। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ।

यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस