गोली हानी प्रहरी जवानले गरे आत्महत्या « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोली हानी प्रहरी जवानले गरे आत्महत्या


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।

मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस