अज्ञात समूहद्वारा मदन भण्डारीको सालिक तोडफोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अज्ञात समूहद्वारा मदन भण्डारीको सालिक तोडफोड


८ कार्तिक २०८०, बुधबार


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ ।

खाँडादेवी गाउँपालिका-५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् ।

डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो ।
सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो ।

पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ ।
त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ ।

यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो ।

पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए ।

‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्‍याएका हुन्’, पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस