यी रुटमा दसैँको टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यी रुटमा दसैँको टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेपाल प्रहरीले दसैँको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान साढे आठ बजेदेखि अपराह्न चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

दसैँको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधारणको लागि दुईवटा बस सञ्चालन गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले दुई वटा रुटमा बस सेवा सञ्चालन गर्ने छ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस