नेपाललाई सङ्कटबाट निकाल्दै आसिफको अर्धसतक « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

नेपाललाई सङ्कटबाट निकाल्दै आसिफको अर्धसतक


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ। युएईविरुद्धको टि-२० खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतक बनाएका छन् । ११ रनमा तीन विकेट गुमाएको अवस्थाबाट नेपाललाई सम्हाल्दै उनले आफ्नो व्यक्तिगत अर्धसतक पूरा गरेका हुन् ।

आसिफ र कप्तान रोहित पौडेलको साझेदारीले नेपाललाई खेलमा फर्काएको छ । यद्यपि, रनरेटको दबाब भने कायम छ ।

टि २० मा आसिफको यो तेस्रो अर्धसतक हो । ४४ बलमा अर्धसतक पूरा गरेका उनले २ छक्का ६ चौका प्रहार गरे र आसिफले चौका हान्दै ५० रनको कोसेढुंगा पार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस