यस्तो छ आजको मौसम « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको मौसम


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ ।  आज सामान्यतया देशको  मौसम सफा रहेको  छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । 

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

मध्यान्न तिर देशको पहाडी भू-भागमा  आंशिकदेखि  सामान्य बदली रहनेछ ।  

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान विभागले गरेको छ ।

विभागका अनुसार आज बेलुका भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिएको जल तथा मौसम विभागले  मौसम पूर्व अनुमान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस