धादिङमा पुनः २ पटक भूकम्पको धक्का « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धादिङमा पुनः २ पटक भूकम्पको धक्का


५ कार्तिक २०८०, आइतबार


धादिङ । धादिङमा पुनः २ पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुई मिनेटको बीचमा भूकम्पको दुई पटक धक्का मापन गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ दुई मिनेटको बीचमा ५ र ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

आइतबार दिउँसो ५ बजेर ३१ मिनेटमा पाँच म्याग्निच्युड र ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो । केन्द्रका अनुसार धादिङमा एकैदिन १२५ भन्दा बढी परकम्प मापन गरिएको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका-५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको  थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस