एनआरएनएमा शर्माको समानान्तर कार्यसमिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनआरएनएमा शर्माको समानान्तर कार्यसमिति


५ कार्तिक २०८०, आइतबार


एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति चयन भएको छ ।

असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो । उनीहरूले यो शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । 

यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजै कार्यभार सम्हालिसकेको छ । केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक पनि बसेको थियो ।

कार्यभार सम्हाल्नुअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । 

तर हिजो बेलुका ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठलगायतले ११औँ महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । 

लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस