सोमपाल कामीले लिए हङकङको तेस्रो विकेट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सोमपाल कामीले लिए हङकङको तेस्रो विकेट


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङको तेस्रो विकेट लिएको छ।

शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङको तेस्रो विकेट लिएको हो।

७.६ ओभरमा सोमपाल कामीले बाबर हयात आउटलाई गरेका हुन्। त्यसअघि ललित राजवं‌शीले २.२ ओभरमा निजाकत खानलाई आउट गरेका हुन्। खानले प्रहार गरेको बल प्रतिश जिसीले क्याच गरेका थिए।

पहिलो ओभरको दोस्रो बलमा करण केसीले मार्टिन कोइत्जीलाई बोल्ड गरेका थिए।

हङकङले ९ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ। नेपालले हङकङसामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन्।

मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्।

यस्तै दीपेन्द्रसिं‌ह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।

ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए।

नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ।

यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस