२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दलहरूबीच नयाँ सहकार्य आवश्यक छ’ : देवेन्द्र पौडेल

अ+ अ-

कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरुबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए ।

नेता पौडेलले भने, “अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्त्वले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पु¥याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरुबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।”

समाजलाई भड्काउन खोज्नेका विरुद्ध एकताबद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने नेता पौडेलले बताए । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए । देशको अबको बाटो भनेको सुशासनसहितको समृद्धि र सामाजिक न्याय समितिको समाजवादी कार्यक्रम रहेको उनले उल्लेख गरे ।

“हामी देशमा समृद्धि, सामाजिक न्याय र प्राप्त उपलब्धिको रक्षा गरेर मात्र सुशासनमा अघि बढ्न सक्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अहिलेको सरकारले काम गरिरहेको । त्यसमा सबैको साथ र सहयोग आवश्यक छ”, नेता पौडेलले भने । 

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले निर्वाचनका समयमा जनताका बीच  गरेका बाचा पूरा गर्नका लागि सरकारले काम गरिरहेको बताए । उनले सङ्घीयताअनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश सरकारलाई अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिए । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त प्रयासबाट मात्र देशमा विकास र जनताका आवश्यकता पूरा गर्न सकिने बताए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेकपा (एमाले) का कास्कीका सचिव वैनबहादुर अधिकारी, नेपाली काँग्रेस कास्कीका सचिव भानुभक्त ढकाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ बराल, नेकपा (माओवादी) पोखरा महानगरका इन्चार्ज पारसमणि पौडेल, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी(विज्ञान), उपाध्यक्ष भानुभक्त अधिकारी, सचिव जनकराज पराजुली, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति लगायतले आसन्न चाडपर्वले सामाजिक सद्भाव र एकता मजबुत बनाउने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस