मन्त्री किरातीले विद्यालयलाई दिए खादा मालाबापतको रकम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्री किरातीले विद्यालयलाई दिए खादा मालाबापतको रकम


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा मालाबापतको रकम भोजपुरको अम्चोक गाउँपालिका-९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् ।  

खादा मालाबापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । मन्त्री किरातीले खादा मालाबापत सङ्कलन रकम रु. छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरेका हुन् ।  

गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यस पटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए । उनले यस पटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस