मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते, ५ जनाको अवस्था गम्भीर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते, ५ जनाको अवस्था गम्भीर


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका-५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौँडा-धरान-चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो ।

पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरूलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस