इजरायलमा ज्यान गुमाएकामध्ये ४ जना नेपालीको शव आइतबार काठमाडौँ आइपुग्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलमा ज्यान गुमाएकामध्ये ४ जना नेपालीको शव आइतबार काठमाडौँ आइपुग्ने


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव भोलि शनिवार दिउँसो इजरायलबाट नेपाल पठाइने इजरायलमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

चार जनाको शव सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भोलि दिउँसो १ बजेर २५ मिनेटको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेल अभिभमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलबाट दुबई हुँदै फ्लाई दुबईको उडान पर्सि आइतबार काठमाडौँ आइपुग्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस