गाजाको अस्पतालमाथि भएको आक्रमणको रास्वपाद्वारा भर्त्सना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गाजाको अस्पतालमाथि भएको आक्रमणको रास्वपाद्वारा भर्त्सना


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गाजाको अल अहली अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै गाजाको अल अहली अस्पतालमा बिरामी, कुरुवा, डाक्टर, नर्स लगायत ५०० जनाले ज्यान गुमाउनु पर्दा आफूहरू दुःखी र स्तब्ध भएको रास्वपाले जनाएको छ ।

जारी गाजा द्वन्द्वमा नागरिक हताहत हुनु रास्वपाको लागि गम्भीर र चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

“यस्तो चुनौतीपूर्ण समयमा, हामीले नागरिकहरूको जीवन र कल्याणको रक्षा गर्ने हाम्रो साझा दायित्वलाई सम्झनुपर्छ । हिंसाको बीचमा हामी सम्बन्धित सबै पक्षहरूलाई सबैभन्दा माथि नागरिकहरूको प्राथमिकता दिन आग्रह गर्दछौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस