२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङमा श्रमदानको चलन पुनः ब्युँतिदै

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ ।

श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो ।

स्थानीय तहका पदाधिकारी हुँदै वडा-वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँ गाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ । अहिले एक अर्को स्थानीयबीचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका कार्य गरिँदै आएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपियाँ खर्च हुनसक्ने काम पहिरो पीडितका लागि अस्थायी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ । साँघुका पहिरो पीडित ६५ परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गाउँपालिकाले ६५ अस्थायी आवास घर श्रमदानबाटै निर्माण गरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण पनि गरिसकेको छ ।

यस्तै बर्खा मौसममा बाढी पहिरोले क्षति गरेको मोटरेवल पक्की पुल, अस्थायी काठेपुल, सडकजस्ता क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः निर्माण कार्य पनि श्रमदानमार्फत नै गरी सञ्चालनमा ल्याएका छन् । जिल्लाका नौ वटै स्थानीय तहले आ-आफ्नो क्षेत्रमा भएका सार्वजनिक महत्वका क्षतिग्रस्त संरचनाको मर्मत सम्भारका कार्य श्रमदानबाट नै गरिरहेका छन् ।

फक्ताङ्लुङ गाउँपालिकाले यातायात नै अवरुद्ध हुने गरी सिस्ने खोलामा बाढी आएर बगाएको काठेपुल श्रमदानबाटै पुनः निर्माण गरी सडक सञ्चालनमा ल्याएको छ । आठराई त्रिवेणी , मैवाखोला र मेरिङ्देन गाउँपालिका जोड्ने मैवाखोलास्थित पक्की पुलको दायाँ-बायाँ सडकसमेतमा बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि श्रमदानमार्फत नै पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै बाढीले क्षतिग्रस्त बनाएको जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका र पाँचथरको थर्पु जोड्ने इन्द्रावती खोलाको पुललाई श्रमदानमार्फत नै मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ । त्यसै गरी बर्खा मौसम असार र साउन महिनामा बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकमा क्षति गरेको र उक्त क्षतिग्रस्त सडक श्रमदान गरेरै पुनर्निर्माण साथै मर्मत गरेर हाल सञ्चालनमा ल्याएका छन् । सम्बन्धित स्थानीय तहसँग भएको स्काभेटर, जेसिभीलगायतका उपकरण प्रयोग गरेर साथै जनप्रतिनिधि र स्थानीय सर्वसाधारण समेतको सहभागितामा श्रमदान गरिँदै आएको छ ।

यता नेपालीको मुख्य चाड दसैँ-तिहार नजिकिएसँगै आजभोलि श्रमदान गर्ने कार्य तीव्र रूपमा हुन थालेको छ । प्रत्येक वडा तथा टोल-टोलका नागरिक जुटेर बाटोघाटो, पुलपुलेसा, पाटी पौवा लगायतका सार्वजनिक संरचना तथा स्थलको पुनः निर्माण, मर्मत र सरसफाइका कार्यहरू श्रमदानमार्फत गरिँदै आएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तह र वडामा धमाधम श्रमदान गर्ने चलन ब्युँतिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस