१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षयरोग संक्रमितलाई पोषणका लागि खाद्यान्न वितरण

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो । पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।

पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८/०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको निदान बढ्दै गएको उनको भनाइ छ ।

पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो, यस वर्ष पनि वितरण गर्ने तयारी रहेको संयोजक रावलको भनाइ छ ।

पालिकाले आगामी पाँच वर्षमा क्षयरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत क्षयरोगीलाई सीपमूलक तालिम, विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । ‘गत वर्षबाट क्षयरोग मुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन भइरहेका छन्’, उनले भने, ‘समुदायमा स्वयंसेविका, युवा, बडघर, जनप्रतिनिधि, शिक्षकलगायतलाई खोज पड्तालमा सघाउन परिचालन गरेका छौँ, टीकापुर अस्पतालसहित वडा वडामा रहेका स्वास्थ्य संस्थामा क्षयरोगको औषधि उपलब्ध छ ।’

यसका साथै सङ्क्रमित बिरामी र परिवारका सदस्यलाई सङ्क्रमण रोकथामसम्बन्धी अभिमुखीकरणसमेत भएको छ । क्षयरोग एक जनालाई भएमा परिवार तथा छिमेकमा रहेका अन्यलाई समेत सर्न सक्ने भएकाले पालिकाले परिवारका सदस्यलाई सङ्क्रमण रोकथामबारे जानकारी दिन थालेका छ । वडा नं ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले अझै क्षयरोग निदानका लागि सबै जिम्मेवार व्यक्ति लाग्नुपर्ने बताए ।

‘लक्षण देखिएकालाई अनिवार्य परीक्षणमा पठाऔँ, उपचार निःशुल्क हुन्छ’, उनले भने, ‘निदान तथा न्यूनीकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ ।’

नगर प्रमुख रामलाल डगौरा थारुले क्षयरोगले मानिसको ज्यान जान सक्ने भएकाले परीक्षण र सेवा लिन लापरबाही नगर्न आग्रह गरे । ‘रोग लुकाएर नबसौँ, उपचार नि:शुल्क हुन्छ, अति विपन्नलाई पालिकाले गर्ने अन्य सहयोगका कार्यक्रम पनि छन्’, उनले भने,’थप परीक्षणका लागि बाहिर जानुपरे पनि पालिकाले सघाउँछ । टीकापुर अस्पतालमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा सेवाबाट पनि धेरै सेवा पाइन्छन् ।’ दसैँको मुखमा पोषणका लागि खाद्यान्न पाएपछि सङ्क्रमित परिवार खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस