राजदूत रायद्वारा ओहोदाको प्रमाण पत्र प्रस्तुत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजदूत रायद्वारा ओहोदाको प्रमाण पत्र प्रस्तुत


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नर्वे अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत प्रा. डा. रामस्वार्थ रायले नर्वेका नरेश हाराल्ड पाँचौँ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओस्लोस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।  

ओहोदा प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत रायले नर्वेका नरेशसँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा नर्वेका राजाले श्री राय आफ्नो देशका लागि नेपालको राजदूत नियुक्त भएकामा बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको कामना गरेका कोपेनहेगनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट नर्वेका राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नर्वेका जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरे । उनले नेपालको आर्थिक विकासका बारेमा नर्वेली नरेशलाई जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपालको प्रमुख द्विपक्षीय विकास साझेदार बनेकामा नर्वे सरकारप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस