काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक ४ अङ्कले घटेको छ । नेप्से १९०३.८४ अङ्कमा सीमित भएको छ ।
दिनभर ९७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दिनभर कुल ८० वटा कम्पनीको मूल्य बढ्दा १५० वटा घट्यो । ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो । सबै उपसमूहको सूचक घट्दा बैकिङ, लगानी, म्युचअल फण्ड र अन्य सूचक बढेको छ । बैकिङ १.२० अङ्कले बढ्यो ।
उपसमुह निर्जिवन जिवन बिमा ४२.३२ अङ्क, जिवन बिमा ३४.९५, हाइड्रोपावर १९.५०, होटेल तथा पर्यटन १५.९९, फाइनान्स १५.१४ र विकास बैंक ९.२६ अङ्कले घट्यो । कारोबार रकमको आधारमा नबिल बैंक र प्रभु बैकको संस्थापक सेयर अगाडि रह्यो । दिनभर ३७ लाख ६६ हजार १५३ कित्ता सेयर कारोबार भयो । बजारको पुँजीकरण २९ खर्ब २१ अर्ब कायम भएको छ ।