बढुवा परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बढुवा परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न दिने भएको छ ।

आयोगको गत मङ्गलवारको बैठकले आन्तरिक परीक्षाबाट पदपूर्ति गरिने २५ प्रतिशत पदमा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने निर्णय गरेको हो ।

आयोगले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘‘हाल कार्यरत जिल्ला र प्रतिस्पर्धा गर्ने जिल्ला एउटै भएमा मात्र परीक्षामा सहभागी हुन सक्ने ।’

आयोगले यही अनुसार मात्र परीक्षामा सहभागी गराउन सम्बन्धित परीक्षा केन्द्रलाई आग्रह गरेको छ । आयोगले शिक्षक बढुवाको लिखित परीक्षा ९ मंसिरमा सञ्चालन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस